![एमाले सधैँ विदेशी हस्तक्षेपको विरोधमा छ : अध्यक्ष ओली](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/kp-nawalparasi.jpg)
काठमाडौं । आइतबारदेखि सुरु हुने नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन-७ को तयारी पूरा भएको छ । एसएस एभेन्ट्स प्रालि र नेपाल खेलकुद महासंघ (नेकोस)ले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । कार्यक्रममा समूह विभाजनसँगै ट्रफी र जर्सी सार्वजनिक गरेको थियो । एएस एभेन्ट्स प्रालिका निर्देशक सुमित रौनियार, प्रतियोगिता निर्देशक प्रबिन जोशी र नेकोसका महासचिव धरमबहादुर लामाले संयुक्त रूपमा ट्रफी सार्वजनिक गर्नुभएको थियो ।
तीन वर्षपछि पुनः हुन लागेको प्रतियोगितामा १५ कर्पोरेट हाउसले स्पर्धा गर्नेछन् । सहभागी १५ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । तीन टोलीमा चार तथा एक टोलीमा तीन टोली सहभागी हुनेछन् ।
समूह ‘ए’मा माच्छापुच्छ्रे बैंक, क्लाउड फ्याक्ट्री, एनआइसी एसिया बैंक र प्राइम बैंक तथा समूह ‘बी’मा आइसिएफसी फाइनान्स, जगदम्बा ग्रुप, सिप्रदी र कुमारी बैंक छन् । समूह ‘सी’ मा सूर्य नेपाल, आईएमई ग्रुप, नेपाल बैंक र एनसेल लिजेन्ड्स तथा समूह ‘डी’ मा एनसेल इलाइट्स र सुबिसी छन् ।
प्रत्येक समूहबाट शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन् । पाँच ओभरमा खेलाइने प्रतियोगिता मूलपानी क्रिकेट मैदान (माथिल्लो) मा सञ्चालन हुनेछ । प्रतियोगिता लिगकम नकआउटका आधारमा हुनेछ ।
यस संस्करणको विजेताले आगामी सिजन फ्रि इन्ट्री पाउनेछ । प्लेयर अफ दी टुर्नामेन्ट, बेस्ट ब्याट्सम्यान, वेष्ट बलर, बेस्ट फिल्डर र वेष्ट विकेटकिपरले पुरस्कार पाउनेछन् । सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी, हिट बोर्ड र फेयर प्ले अवार्ड पनि प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको बैंकिक पार्टनर एनआइसी एसिया छ । सन् २०१४ सुरु भएको कर्पोरेट सुपर सिक्सेसको छैटौं सिजनसम्म एसएस एभेन्ट्सले नै आयोजना गर्दै आएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच