धनकुटा । शहीद भीमनारायण गोल्ड कपको १६औँ संस्करणको तयारी पूरा भएको आयोजकले जनाएको छ । आज (आइतबार)देखि सञ्चालन हुने प्रतियोगिताबारे आयोजकले पत्रकार सम्मेलनमार्फत् शनिबार जानकारी दिएको हो ।
आयोजक शहीद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानका अनुसार प्रतियोगितामा ‘ए’ डिभिजनसहित आठ टिम सहभागी हुनेछन् । धनकुटाको तल्लो टुँडिखेलमा वैशाख २३ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एपिएफ क्लब काठमाडौं, फोर स्टार क्लब मोरङ, त्रिभुवन आर्मी क्लब र बिर्तामोड युनाइटेड क्लब झापा सहभागी हुनेछन् ।
यस्तै, राष्ट्रिय जागृति क्लब सुनसरी, बुटवल लुम्बिनी क्लब, आयोजक धनकुटा, सलहेस युथ क्लब सिरहा सहभागी हुने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल, कप, प्रमाणपत्र हात पार्नेछन् ।
यस्तै, सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउनेछन् । २०५५ सालदेखि सुरु प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच