नेपाल र थाइल्याण्डबीचको खेल रद्द

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । वर्षाका कारण नेपाल र थाइल्याण्डबीचको महिला क्रिकेट टोलीबीचको टी-२० अभ्यास खेल रद्द भएको छ । आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको तयारीका लागि नेपालले सोमबार थाइल्याण्डसँग अभ्यास खेल खेल्ने कार्यक्रम थियो । तर, नेपालले बलियो लक्ष्य पाए पनि वर्षाका कारण खेल रद्द भयो । टस जितेर पहिला ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रन बनाएको थियो । थाइल्याण्डकी कप्तान नथाकन चान्थमले ७८ रनको अविजित इनिङ खेल्नुभयो ।

नेपालकी कविता कुँवरले चार ओभरमा २३ रन खर्चेर २ विकेट लिनुभयो । यस्तै, पूजा महतोले तीन ओभरमा २१ रन खर्चेर १ विकेट हात पार्नुभयो । त्यसबाहेक खुसी डंगोलले चार ओभरमा १५ रन खर्चेर एक विकेट हात पार्नुभयो । सीता रानामगरले चार ओभरमा १६ रन खर्चे पनि कुनै विकेट हात पार्नुभएन ।

उक्त विजयी लक्ष्य पछ्याएको नेपालले तीन बल खेल्दा वर्षाका कारण खेल स्थगित भएको थियो । यसअघि शनिबार नेपालले चार देश सम्मिलित महिला टी-२० आईको उपाधि जितेको थियो ।

अब नेपालले टी-२० एसिया क्षेत्र छनोटमा सहभागिता जनाउनेछ । छनोट अगष्ट ३१ देखि ९ सेप्टेम्बरसम्म मलेसियामा हुँदैछ । नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह ‘बी’मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्याण्ड छन् । शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टी-२० विश्वकप खेल्न पाउनेछन् । नेपालले पहिलो खेलमा ३१ अगष्टमा मलेसिया, १ सेप्टेम्बरमा बहराइन, ३ सेप्टेम्बरमा भुटान, ४ सेप्टेम्बरमा कतार र ६ सेप्टेम्बरमा युएईसँग खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?