नवलपरासी । नेकपा एमाले पश्चिम नवलपरासीको पदाधिकारीमा पुरानै अनुहार दोहरीएका छन । नबौ अधिबेशनबाट अध्यक्षमा दिपेन्द्र कुमार अधिकारी सर्वसम्मत हुनुभएको छ। जिल्लाको नवौ अधिबेशनबाट अधिकरी लगायत १ सय ५ जनाको सिङ्गो कमिटीनै सर्वसम्मत भएको हो । यसमा केही मनोनीत हुने बताईएको छ ।
सुरुमा ३ जना अध्यक्षको उम्मेदवारी दर्ता भएपनि नेताहरूले सहमतिमा नेतृत्व टुंगो लगाएका हुन् । एमाले नेता शङ्कर पोखरेल निकट मानिने अधिकारी निवर्तमान अध्यक्षसमेत हुनुहुन्छ ।
४२७ जना प्रतिनिधि रहेको जिल्लामा नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष अधिकारी र श्याम बस्यालको उम्मेद्बारी परेको थियो । यद्यपि राष्ट्रियसभा पुर्व सदस्य रामलखन हरीजन र सचिव धिरज शर्मा बस्याल अध्यक्षको आकाङ्क्षी रहनु भएको थियो ।
पदाधिकारीमा पुरानै नेतृत्व दोहोरिएका छन् भने सदस्यहरूमा मात्रै हेरफेर भएको छ । अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत गर्न निर्देशन दिनुभएको थियो । जिल्लामा शङ्कर पोखरेल र बिष्णु पौडेल निकटको दुई गुट रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच