काठमाडौं । नेपाल सरकार र स्वीजरलाण्ड सरकारबीच पदर्मागमा आधारित पर्यटन विकास परियोजना शुरु गर्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।
बिहीवार सिंहदरबार स्थिति अर्थ मन्त्रालयमा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव कृष्ण नेपाल र नेपालका लागि स्वीजरलाण्ड राजदूत डेनियल मेउलीले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । सम्झौता कार्यक्रममा बोल्दै सहसचिव कृष्ण नेपाले यो परियोजनाले कोशी प्रदेशका आकर्षक पदमार्गहरूको स्तरोन्नति गरी स्थानीय आर्थिक विकास र दिगो पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ सम्झौता गरिएको बताउनु भयो ।
उहाँले आयोजना आगामी चार वर्षमा स्वीजरल्याण्ड सरकारको ९.०१ मिलियन डलर अनुदान सहयोगमा सञ्चालन हुने बताउनु भयो । उहाँले १६ मिलियन बराबरको आयोजनामा प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानी समेत रहने बताउनु भयो । उहाँले कोशी प्रदेशको २९ स्थानीय सरकार र कोशी प्रदेश सरकारसँगको सहकार्यमा आयोजनाले करिव २ हजार स्थानीय तहलाई रोजगारी सृजना गर्ने र ट्रेल निर्माणका क्रममा नगदका लागि काम गरेर ५ लाख व्यक्तिलाई रोजगारी दिने योजना रेहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘एकीकृत पर्यटन विकाससँग सम्बन्धित आयोजनामा हामीले सम्झौता गरेका छौँ । १६ मिलियन सिएचएमको र ९.०१ मिलियन डलर स्वीजरल्याण्ड सरकारबाट अनुदान प्राप्त हुन्छ । यो आयोजनाले सन् २०२८ सम्ममा चल्छ । कोशी प्रदेश अन्तरर्गतका २९ स्थानीय तह कभर गर्छ । अहिलेसम्म १६ पदमार्गको खाका तयार भएको छ । त्यसबाट १ लाख नागरिकले प्रत्यक्ष लाभ लिने आयोजनामा मूल्याङ्कन छ । स्थानीय उत्पादन,स्थानीय अर्थतन्त्र,स्थानीय रोजगारी सिर्जनामा र स्थानीय साना तथा मझौला उद्यमहरुको विकासमा पनि सहयोग पुग्छ । यो सम्झौताले मुलुकको पर्यटन क्षेत्रमा योगदान पु¥याउँछ । कायान्वयनको लागि तीनै तहका सरकार सहकार्यमा स्वीज सरकार समन्वयात्मक रुपमा गरिने छ । सहजरुपमा कार्यान्वयन हुन्छ भन्ने अपेक्ष गरेका छौं ।’
आयोजनाले स्थानीय समुदायहरूलाई बढावा दिन र यस क्षेत्रको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण गर्दै वार्षिक रूपमा लगभग ८० हजार आगन्तुकहरूलाई स्वागत गर्ने अपेक्षा गरिएको बताउनु भयो । उहाँले कोशी प्रदेशमा दिगो सामाजिक–आर्थिक विकासका लागि नेपाल–स्विस साझेदारीमा अर्को कोसेढुङ्गा सावित हुने विश्वास रहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच