काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङलाई एसिया रग्बीले प्रतिष्ठित सेवा पुरस्कारबाट सम्मान गरेको छ । नेपाल रग्बी संघका पूर्वअध्यक्षसमेत रहनुभएका घिसिङलाई उहाँको कार्यकालमा नेपालमा रग्बी खेलको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्याएबापत सम्मान गरिएको हो । उज्वेकिस्तानको तास्केन्टमा भएको एसिया रग्बी अवार्ड कार्यक्रममा सदस्य-सचिव घिसिङलाई अवार्ड प्रदान गरिएको थियो ।
सदस्य-सचिव घिसिङ एसिया रग्बीका कार्यकारी सदस्य हुनुहुन्छ । सदस्य-सचिव घिसिङ २०१२ मा नेपाल रग्बी संघको अध्यक्षमा निर्वाचित भएयता २०२१ सम्म अध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो । दुई वर्षअघि उहाँ राखेप सदस्य-सचिवमा नियुक्त भएपछि अध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो । उहाँको कुशल नेतृत्वमा नेपाली रग्बीले विश्वव्यापी मान्यता पाएको थियो । सन् २०१८ मा नेपालले एसिया रग्बीको पूर्ण सदस्यता तथा सन् २०२० मा विश्व रग्बीको एसोसियट मेम्बर प्राप्त गर्दा सदस्य-सचिव घिसिङको महत्वपूर्ण भूमिका थियो । उहाँकै महत्वपूर्ण भूमिकामा नेपालले यसै वर्ष विश्व रग्बीको पूर्ण सदस्यता पाएको थियो ।
सन् २०१९ मा एसिया रग्बीको सदस्यमा निर्वाचित भएपछि सदस्य-सचिव घिसिङ खासगरी दक्षिण एसियालाई केन्द्रमा राखेर एसियामा रग्बीको विकास र विस्तारमा निरन्तर क्रियाशील रहँदै आउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच