प्रदेशसभा सदस्य अनिरुद्ध कुमार सिंहको निलम्बन फुकुवा

अनिल पोखरेल सप्तरी, संवाददाता
अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 3 mins

राजविराज । मधेश प्रदेशसभा सदस्य अनिरुद्ध कुमार सिंहको निलम्बन फुकुवा भएको छ ।

सप्तरी ४ (ख)बाट स्वतन्त्रबाट निर्वाचित सांसद सिंह हत्या आरोपमा गत भदौ १८ मा पक्राउ परेपछि प्रदेशसभाले निलम्बन गरेको थियो ।

कार्तिक २३ मा धरौटीमा छुटेका सिंहले निलम्बन फुकुवाको निवेदन प्रदेशसभामा दर्ता गराएका थिए । सोही निवेदनको आधारमा निलम्बन फुकुवा गरेको आज बसेको प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले जानकारी गराउनु भयो ।

सांसद सिंह स्वतन्त्रबाट निर्वाचित भएपछि जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरिसकेका छन् ।

उनलाई राजबिराज रु १ लाख २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । माओवादी नेता गोविन्द चौधरीको हत्याकाण्डमा संलग्न रहेको भन्दै उनी विरुद्ध कर्तव्य ज्यान तथा डाँका मुद्दा परेको थियो । मुल्तबीमा रहेको उक्त मुद्दामा उनलाई १७ भदौमा पक्राउ गरि १८ भदौमा सप्तरी जिल्ला अदालतमा पेश गर्दा उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।अदालतले वादी रिता कुमारी चौधरीको जाहेरीले कर्तव्य ज्यान तथा डाँका मुद्दामा नेपाल सरकारको प्रतिवादी भनिएका अनिरुद्ध सिंहलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ १ ख बमोजिम मुद्दा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

अदालतले पुर्पक्षका लागि कारागार चलान गरिए लगतै मधेस प्रदेश सभाले निलम्बन गरेको थियो । सप्तरी जिल्ला अदालतको आदेशबिरुद्ध अनिरूद्ध पक्षले उच्च अदालतमा रिट दायर गरेको थियो ।

उक्त मुद्दामा बिहीबार बहस हुँदा अनिरूद्र लाई धरौटीमा रिहा गर्न आदेश दिएको भने न्यायाधीश मुनेन्द्र प्रसाद अवस्थी र पूर्णप्रसाद राजवंशीको सम्युक्त इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?