पश्चिम नवलपरासीमा सवारी दुर्घटनामा परी एकको मृत्यु

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min

नवलपरासी । पश्चिम नवलपरासीमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि सरावल ०१ बस्ने ५२ बर्ष गोबिन्द भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एव प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनु भयो ।

पुर्व पश्चिम राजमार्ग स्थित सरावल ०१ सालबासमा बिहान ६ बजे तिर पुर्वबाट पश्चिम तर्फ आउदै गरेको लु ११ प ८०३१ नम्बरको मोटरसाइकलले ठक्कर दिएर घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो ।

चालक र मोटरसाइकल प्रहरीको नियन्त्रण रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?