मणीपुरमा इन्टरनेट खुल्ला हुने बितिक्कै दुई विद्यार्थीका शवको तस्विर भाइरल

हिमालय टाइम्स
Read Time = 2 mins

मणीपुर । हिंसा प्रभावित देशको उत्तरपूर्वी राज्य मणिपुरमा इन्टरनेट सेवा पुनःस्थापना गरिएको छ ।

त्यसपछि जुलाईमा महिनामा बेपत्ता भएका दुई विद्यार्थीको शवको तस्बिर सामाजिक सञ्जालमा भाइरल हुन थाल्यो । प्रदेश सरकारले यस विषयमा तत्काल र निर्णायक कदम चाल्ने आश्वासन दिएको छ ।

मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा  अनुसार उक्त घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई जिम्मा दिइसकेको बताइएको छ । यसरी मृत्यु हुनेमा १७ वर्षीय हिजाम लिन्थोइङ्गाम्बी र २० वर्षीय फिजाम हेमजीत नामका दुई विद्यार्थी रहेका छन् ।

मुख्यमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जुलाई २०२३ देखि बेपत्ता भएका दुई विद्यार्थी फिजाम हेमजीत (२० वर्ष) र हिजाम लिन्थोइङ्गाम्बी (१७ वर्ष) को तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएकोमा राज्य सरकारको ध्यानाकर्षण भएको छ।’

स्मरण रहोस,  राज्यका जनताको इच्छा अनुसार यो मुद्दा पहिले नै सीबीआईलाई हस्तान्तरण गरि सकिएको छ। मणिपुर प्रहरीले केन्द्रीय एजेन्सीहरूसँग काम गरिरहेको छ।

विज्ञप्तिमा थप भनिएको छ, ‘मणिपुर पुलिसले केन्द्रीय अनुसन्धान एजेन्सीहरूसँगको सहकार्यमा दुई विद्यार्थी बेपत्ता र हत्यामा संलग्न अपराधीहरूको पहिचान गर्न सक्रिय रूपमा अनुसन्धान गरिरहेको छ। यसका साथै सुरक्षाकर्मीले अपराधीलाई पक्रन खोजी अभियान पनि थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?