दाङ । दाङमा मामा घर आएकी एक बालिकाको पानीमा डुबेर मृत्यु भएको छ । राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङखोला निवासी सुन्तली खड्काको अन्दाजी ७ वर्षिय छोरी समिक्षाको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिनुभयो ।
समिक्षाको तुलसीपुर ७ र १६ को सिमानामा पर्ने ग्वारखोलाको मलवारे कुलोको बाँध नजिकै तुलसीपुर उपमहानगरपालिकाले नदिजन्य पदार्थ उत्खनन गरेको खाल्डोको पानीमा डुबेको तुलसीपुर (७ का वडा अध्यक्ष रामबहादुर जिसीले जानकारी दिनुभयो ।
मृतक समिक्षा ४/५ दिनअघिमात्रै मामा घर आएकी थिइन् । मृतक समिक्षासहित तीन जना बालबालिका आइतबार दिउँसो करिब २ बजेतिर खाल्डोमा नुहाउन गएका थिए ।
पानीमा डुबेका मृतक समिक्षाका भाई अन्दाजी ३ वर्षिय अनुप खड्का र तुलसीपुर-७ बसन्तपुरका ११ वर्षिय प्रेम बस्नेत भने सकुसल रहेको तुलसीपुर -७ का वडा अध्यक्ष जिसीले जानकारी दिनुभयो ।
मृतक समिक्षाको आमा छोरी र छोरालाई मावली हजुरआमाको घरमा छोडेर धान काट्न राजपुरमै जानुभएको थियो । मृतक समिक्षाको पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र