काठमाडौं । चुरे उत्थानशील आयोजनाले नगरपालिकाका पदाधिकारी र सामुदायिक वन उपभोक्ता समूहका सदस्यका लागि जलवायु उत्थानशील भू-उपयोग योजनासम्बन्धी तालिम प्रदान गरेको छ । चुरे उत्थानशील आयोजनाले सप्तरी जिल्लामा नगरपालिकाका पदाधिकारी र सामुदायिक वन उपभोक्ता समूहका सदस्यका लागि तालिमका दुईवटा कार्यक्रम आयोजना गरेको हो । एउटा तालिम वैशाख १६ देखि १७ मा राजविराज र अर्को तालिम १८ देखि १९ मा रूपानीमा आयोजना गरिएको थियो । राजविराजमा छ महिलासहित १९ स्थानीय जनप्रतिनिधि तालिममा सहभागी भएका थिए भने रूपानीमा आठ महिलासहित २१ जना सहभागी थिए ।
तालिम सहजकर्ता तथा चुरे उत्थानशील आयोजनाका वन सम्वद्र्धन विज्ञ केशवप्रसाद खनालका अनुसार स्थानीय समुदाय र पारिस्थितिकीय प्रणालीले जलवायु परिवर्तनको प्रतिकूल प्रभाव परिरहेका छन् । स्थानीयस्तरमा भू-उपयोग योजनाले विभिन्न प्रकारले उपयोग गरिने भूमिमा जलवायु परिवर्तनका ज्वलन्त समस्या सम्बोधन गर्नुपर्छ । दिगोपन प्रवद्र्धन गर्न, समुदाय र पारिस्थितिकीय प्रणाली संरक्षण गर्न र जलवायु बदलिरहेको सन्दर्भमा उत्थानशीलता बढाउनमा जलवायु उत्थानशील भू-उपयोग योजना आवश्यक छ ।
जलवायु परिवर्तनको प्रतिकूल असर सम्बोधन गर्न नगरपालिकास्तरमा जलवायु प्रतिरोधी भूउपयोग योजना विकास र कार्यान्वयनको महत्वमा तालिम केन्द्रित रहेको थियो । सहभागीहरूले तालिम आफ्ना लागि मूल्यवान भएको र जलवायु उत्थानशील भू-उपयोगबारेमा ज्ञान बढेको प्रतिक्रिया दिएको आयोजकले जनाएको छ ।
तालिमका सहभागी सप्तरीको शम्भुनाथ नगरपालिका १ की वडा सदस्य अनिताकुमारी चौधरीले भन्नुभयो, ‘जलवायु परिवर्तनका समस्या सम्बोधन गर्न नगरपालिकास्तरमा विभिन्न भू-उपयोग योजना विकास गर्दा हामीले विचार गर्नुपर्ने कुराबारेमा मैले सिकेँ । मैले स्थानीय तहमा जलवायु अनुकूल भू-उपयोग योजना विकास गर्ने प्रक्रिया पनि सिकेँ । तालिमले नगरपालिकास्तरमा वार्षिक योजना बनाउन निकै सहयोग पुग्नेछ ।’ जलवायु उत्थानशीलता बढाउन संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चुरे उत्थानशील आयोजनाले विभिन्न तालिम सञ्चालन गर्दै आएको छ ।
चुरे उत्थानशील आयोजना विश्व हरित कोष (ग्लोबल क्लाइमेट फण्ड)ले लगानी गरेको नेपालको पहिलो परियोजना हो । नेपाल सरकारले वन तथा वातावरण मन्त्रालयमार्फत् संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको प्राविधिक सहयोगमा आयोजना कार्यान्वयन गर्दै आएको छ । चुरे उत्थानशील आयोजनाले नेपालको मध्य र पूर्वी चुरे क्षेत्रमा जोखिममा रहेका २६ नदी प्रणालीमा काम गर्छ । परियोजनाले आवासीय क्षेत्र र जल क्षेत्रबाहेक सात लाख दुई हजार ११ हेक्टर जमिन समेटेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच