![सयको नोटमा नयाँ नक्सा छाप्ने निर्णयबारे ओलीले मागे राष्ट्रपतिसँग जवाफ](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/kp-bite.jpg)
काठमाडौं । नेपालका केबुलकार अभियन्ता तथा उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक प्रकाशित भएको छ । लक्ष्मणबाबु श्रेष्ठ स्मृति कोषले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाले नेपालमा केबुलकारका स्रष्टा लक्ष्मणबाबु श्रेष्ठ नामक पुस्तक विमोचन गर्नुभएको हो ।
अगाडि बढ्नुछ भने लक्ष्मणबाबु जस्तै उद्देश्य राखेर झुटो नबोली अडानसाथ काम गर्नुपर्ने उहाँले बताउनुभयो । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लक्ष्मणबाबु साहसी र संकल्प गर्ने व्यक्तित्व भएको भन्दै राष्ट्र निर्माणमा कसरी योगदान दिने भनेर सधैँ चिन्तित हुने कर्मवीर रहेको बताउनुभयो ।
अनुसन्धानकर्ता, संकलक एवं लेखक प्राडा जयराज आचार्यले असम्भव जस्तै लाग्ने केबुलकार नेपाल भित्र्याउन हिम्मत बटुलेर मनकामना मन्दिरसम्म लाखौँ भक्तजन जोड्न लक्ष्मणबाबु सफल भएको बताउनुभयो । लक्ष्मणबाबु पैसाभन्दा मित्र कमाउनुपर्छ भन्ने सन्देश दिने र धोका दिनेसँग पनि नरिसाई मुस्कुराउने व्यक्तित्व भएको उहाँको भनाइ थियो । पुस्तकका अर्का अनुसन्धानकर्ता, संकलक एवं लेखक विवेक गौतमले लक्ष्मणबाबु व्यवस्थापनका इन्साइक्लोपेडिया भएको बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच