खोटाङ । खोटाङमा आगलागी पीडित पूर्व प्रहरी सहायक निरीक्षकलाई डेढ लाख आर्थिक सहयोग गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका प्रहरी सहायक निरीक्षक गोपाल बहादुर थापा मगरलाई आर्थिक सहयोग गरिएको हो ।
कोशी प्रदेश प्रहरी कल्याण कोषबाट १० हजार, कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङबाट व्यक्तिगत पाँच हजार र जिल्ला प्रहरी कार्यालय मातहत कार्यालयमा कार्यरत कर्मचारीहरुबाट सहयोग स्वरुप एक लाख ३५ हजार ५०० गरी जम्मा एक लाख ५० हजार ५०० रुपैयाँ आर्थिक सहयोग गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिनुभयो ।
सहयोग रकम शनिबार जिल्ला प्रहरी कार्यालयमा भएको अन्र्तक्रिया कार्यक्रमको अवसरमा पीडित मगरलाई प्रहरी नायव महानिरीक्षक खापुङले प्रदान गर्नुभएको थियो। खापुङ जिल्लाको शान्तिसुरक्षाको वस्तुस्थिति बुझ्न खोटाङ आउनुभएको हो ।
बैशाख १४ गते सल्लेको सल्लेरी सामुदायिक वनमा लागेको डढेलो हावाहुरीका कारण अनियन्त्रित हुँदा मगरको दुई तलाका दुई वटा घर, दुई वटाभान्सा घर, अन्नपात, लत्ताकपडा, कागजपत्रलगायत जलेर नष्ट भएको थियो ।
प्रहरी नायव महानिरीक्षक खापुङले जिल्ला प्रहरी कार्यालयमा राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय निकायका पदाधिकारी, रेडक्रसका प्रमुख तथा प्रतिनिधि, सामुदायिक सेवा केन्द्रका प्रमुख तथा प्रतिनिधि, महिला सञ्जाल, पत्रकार महासंघका पदाधिकारी र सञ्चारकर्मीसँग शान्तिसुरक्षाका विषयमा अन्र्तक्रिया गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच