एजेन्सी । इंग्ल्याण्डका तीव्रगतिका बलर जेम्स एन्डरसनले सन्यास लिने हुनुभएको छ । एन्डरसन यस वर्षको सुरुमा भारत भ्रमणमा जानुभएको थियो । भारत भ्रमणमा रहँदा उहाँ ७०० टेस्ट विकेट लिने विश्वको तेस्रो बलर बन्नुभएको थियो । तर, उहाँले सात इनिङ्समा ११० ओभरमात्र बलिङ गर्नुभएको थियो ।
एन्डरसनले जुलाईमा वेस्ट इण्डिजविरुद्धको घरेलु टेस्ट शृंखला खेल्दा ४२ वर्ष पूरा गर्नुहुनेछ । त्यसपछि उहाँले श्रीलंकाविरुद्धको टेस्ट शृंखलामा सन्यास लिन सक्नुहुनेछ ।
श्रीलंकाविरुद्धको टेस्ट शृंखलाको पहिलो खेल अगस्टको अन्त्यमा घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेलाइनेछ । एन्डरसन अहिले काउन्टी क्रिकेट खेलिरहनुभएको छैन । वर्कलोड म्यानेजमेन्टका कारण मे महिनाको अन्त्यसम्ममा मात्र उहाँले काउन्टी म्याच खेल्न पाउने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच