अफगानिस्तानमा बाढीका कारण मृत्यु हुनेको संख्या ३३० नाघ्यो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । अफगानिस्तानको बागलान, तखार, बदख्शान र घोर प्रान्तका प्रमुख भागहरूमा वर्षा र अचानक आएको बाढीका कारण ३३० भन्दा बढीको मृत्यु भएको विश्व खाद्य कार्यक्रमको अफगानिस्तान कार्यालय र स्थानीय अफगान अधिकारीहरूले जनाएका छन् ।

संयुक्त राष्ट्र संघको एजेन्सीलेसामाजिक सञ्जालमा उत्तरी बाघलान प्रान्तमा मात्रै ३ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको र १ हजार भन्दा बढी घर ध्वस्त भएको बताएको छ ।

डब्ल्युएफपिले उद्धार गरी सुरक्षि स्थानमा सारिएकाहरुलाई फोर्टिफाइड बिस्कुटहरू वितरण गरिएको छ । अफगानिस्तानले गत महिनामा भारी वर्षा र बाढीको सामना गरिरहेको छ ।

अफगानिस्तानमा बाढीबाट भएको क्षतिप्रति पाकिस्तानद्वारा दुःख व्यक्त

पाकिस्तानले अफगानिस्तानमा अचानक आएको बाढीका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरेको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ । अफगानिस्तानका धेरै प्रान्तहरूमा भारी वर्षा र अचानक बाढीका कारण भएको जनधनको दुःखद् क्षति भएको छ । घटनाप्रति पाकिस्तानको सरकार र जनताले समवेदना व्यक्त गरेको हो ।

कठिन समयमा पाकिस्तान अफगानिस्तानका जनतासँग ऐक्यवद्धतामा उभिएको पाकिस्तानले जनाएको छ । अफगानिस्तानको बागलान, तखार, बदख्शान र घोर प्रान्तका प्रमुख भागहरूमा वर्षा र अचानक आएको बाढीका कारण ३३० भन्दा बढीको मृत्यु भएको विश्व खाद्य कार्यक्रमको अफगानिस्तान कार्यालय र स्थानीय अफगान अधिकारीहरूले जनाएका छन् ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?