मोरङ । सुन्दरहरैंचा नगरपालिकास्थित अन्तरपालिकास्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधि सुन्दरहरैंचा नगरपालिकाले जितेको छ । नगर खेलकुद विकास समितिद्वारा आयोजित सुकुना माविको खेल मैदानमा शनिबार भएको फाइनलमा लेटाङ नगरपालिकालाई पराजित गर्दै सुन्दरहरैंचाले उपाधि उचालेको हो ।
सुन्दरहरैंचाले लेटाङलाई पहिलो सेटमा २५-१० र दोस्रो सेटमा २५-१४ साथै तेस्रो सेटमा २५-१५ ले पराजित गरेको थियो । खेलमा रतुवामाही नगरपालिका भने तेस्रो भएको छ ।
मोरङका आठ पालिकाको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने सुन्दरहरैंचा नगरपालिकाले ६७ हजार ५०० तथा दोस्रो हुने लेटाङ नगरपालिकाले ३३ हजार ७५० रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताको फाइनलमा मोरङ जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राई, आयोजक समितिका अध्यक्ष तथा नगर प्रमुख केदारप्रसाद गुरागार्इं, नगर उपप्रमुख अकली चौधरी, समितिका सदस्य-सचिव खड्गबहादुर श्रेष्ठलगायतले विजेता, उपविजेता र उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रमुख अतिथि मोरङ जिल्ला समन्वय समितिका प्रमुख राईले खेलकुदले गाउँ नगरलाई मात्रै नभएर देशलाई चिनाउने भएकाले यसको थप विकासमा सम्बन्धित पक्ष लाग्नुपर्ने बताउनुभयो । खेलको महत्व दर्शाएर महिला खेलाडीलाई उचित साथ सहयोग गर्न जरूरी रहेको उहाँले उल्लेख गर्नुभयो ।
तीन दिनसम्म सञ्चालन भएको जिल्लाको पहिलो पालिकास्तरीय महिला भलिबल प्रतियोगितामा लेटाङ, सुन्दरहरैंचा, पथरी, बुढीगंगा, रतुवामाई, कानेपोखरी, बेलबारी, केराबारीलगायतका पालिकाका टिमहरूले सहभागिता जनाएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच