![घरजग्गा कारोबार कम्पनीमार्फत गर्नुपर्छ : अध्यक्ष लोहनी](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Bheshraj-Lohani-Artha.jpg)
नेपालगञ्ज । नेपालगञ्ज स्विमिङ क्लबले बाँकेका पाँचजना पौडी खेलाडी र दुईजना पौडी प्रशिक्षकलाई सम्मान गरेको छ । क्लबको प्रथम अधिवेशनका अवसरमा नेपालगञ्जमा पौडीका राष्ट्रिय खेलाडी अमित रावल, सुप्रिया रावल, संस्कार न्यौपाने, विशेष सिंह, जमुना डाँगी, अभियान श्रेष्ठ र सुवेश पाण्डेलाई सम्मान गरेको हो ।
सो अवसरमा पौडी प्रशिक्षकद्वय चन्द्रबहादुर चौधरी र दीपक परियारलाई पनि सम्मान गरिएको थियो । उहाँहरूलाई नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष जगतमान श्रेष्ठ र क्लबका अध्यक्ष न्यौपानेले सम्मान गर्नुभएको थियो ।
यसअघि क्लबको प्रथम अधिवेशनले न्यौपानेको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको थियो । क्लबको वरिष्ठ उपाध्यक्षमा सूर्यमणि अधिकारी, उपाध्यक्षमा डा. नितेशकुमार कनोडिया, महासचिवमा सविन घिमिरे, सचिवमा झविलाल शर्मा र कोषाध्यक्षमा ऋषिराम कँडेल निर्वाचित हुनुभएको छ ।
त्यसैगरी क्लबको कार्यसमितिका सदस्यमा कृष्णप्रसाद अधिकारी, अमृतप्रसाद श्रेष्ठ, जीवन शर्मा, चन्द्रराम शर्मा र हरिमाया गुरुङ निर्वाचित हुनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच