काठमाडौँ । वैयक्तिक गोपनियता सम्बन्धी ऐन, २०७५ को दफा ११ मा “प्रत्येक व्यक्तिलाई निजसँग सम्बन्धित वैयक्तिक लिखतको गोपनियताको अधिकार हुने” व्यवस्था छ भने दफा ११ (३) अनुसार “कुनै पनि व्यक्तिको सार्वजनिक निकायमा रहेको उपदफा (२) बमोजिम वैयक्तिक लिखत कसैले सार्वजनिक गर्न वा गराउन हुँदैन भनि कानूनी व्यवस्था रहेको र यातायात व्यवस्था विभागले जारी गरेको सवारी चालक अनुमति पत्र परीक्षा संचालन कार्यविधि निर्देशिका, २०७७ को ११ नं ले परिक्षाफल सूचीमा उत्तीर्ण परीक्षार्थीको रोल नं. तथा नाम थर खुलाई प्रकाशन गर्नुपर्ने व्यवस्था रहेकोमा यातायात व्यवस्था विभागहरुले प्रकाशन गर्ने परिक्षाफल सूचीमा रोल नं. तथा नाम थरको अतिरिक्त परीक्षार्थीहरुको नागरिकता नम्बर समेत प्रकाशन गर्ने गरेकाे देखिँदा, प्रकाशित परिक्षाफलले व्यक्तिहरुको गोप्य राख्नु पर्ने नागरिकता नम्बरको गोपनियता भङ्ग हुने गरेकोले उक्त सूची प्रकाशन गर्दा कानूनले निर्दिष्ट नै नगरेको वैयक्तिक गोपनियताको लिखत नागरिकता नम्बर प्रकाशन गर्ने कार्य माथि उल्लेखित ऐन तथा निर्देशिका विपरित रहेको हुँदा, यस्तो परिक्षाफल (WRITTEN AND TRIAL TEST REPORT) प्रकाशनगर्दा सो नागरिकता नम्बर (Citizenship Number) नराखी प्रकाशन गर्नलाई सदर अनुरोध गर्दो नेपाल ल क्याम्पसमा कानुन अध्यानरत बिधार्थी, ध्यानाकर्षणकर्ता विवेक चौधरी, र विकाश यादव यातायात व्यवस्था विभागमा ध्यानाकर्षण गरेका छन् |
यो सामाग्री हाम्रा पाठकले पोस्ट गर्नु भएको हो । यसमा हामीले शुद्धाशुद्धी तथा भाषागत त्रुटीलाई हेरेका छैनौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमा गर्नुहोला । – सम्पादक
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच