काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अवरोध नगर्न कांग्रेसका नेताहरुलाई आग्रह गरेका छन् ।
मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रले सहकारीको समस्या तत्काल समाधान गर्ने बताउँदै राष्ट्रपतिको सम्बोधनमा सहयोग गर्न आग्रह गरेका हुन् ।
बैठकपछि नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले संसद् अवरुद्ध खुलाउने विषयमा छलफल केन्द्रित रहेको जानकारी दिनुभयो ।
‘प्रधानमन्त्रीले समस्या समाधानका लागि पूरै कोसिस गरिरहेको छु। म समस्या समाधानतर्फनै उन्मुख छु, तपाईँहरूले सहयोग गर्नुपर्यो भन्नुभयो । नीति तथा कार्यक्रम राष्ट्रपतिबाट सम्बोधन हुने तयारी छ । राष्ट्रपतिको सम्बोधनलाई अवरोध नगरीदिनुस् भन्नुभएको छ’ उहाँले भन्नु भयो ।
प्रधानमन्त्रीले गरेको आग्रहको विषयमा संसदीय दलको बैठकमा छलफल हुने लेखकले बताउनु भयो । संसदीय दलको बैठकअघि प्रधानमन्त्रीसँग छलफलका लागि कांग्रेसका शीर्ष नेताहरु बालुवाटार पुगेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच