विनियोजन विधेयकमाथिको छलफलमा अर्थमन्त्री नदेखेपछि राप्रपा सांसद लामाको आपत्ति

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले अर्थमन्त्री वर्षमान पुनप्रति आपत्ति जनाउनुभएको छ ।

बुधवार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलको क्रममा आफू बोल्ने बेलामा बाहिर गएको भन्दै अर्थमन्त्री पुनप्रति आपत्ति जनाउनुभएको हो । सांसद लामाले अर्थमन्त्री पुनले राप्रपामाथि विभेदकारी नीति राखेर बाहिर गएको आरोप समेत लगाउनु भयो । यता सभाध्यक्षको आसनबाट उपसभामुख इन्दिरा रानाले उहाँ आफ्नो प्रतिनिधि राखेर खाना खान बाहिर जानुभएको जानकारी दिँदै बोल्न आग्रह गर्नुभएको थियो । तर सांसद लामाले अर्थमन्त्री नहुँदा कसलाई सुनाउने भन्दै नबोल्ने अड्डी लिनुभयो ।

यसैबीच अर्थमन्त्री पुन बैठकमा पुनः आइपुग्नु भयो । सांसद लामाले बैठकमा अर्थमन्त्री पुन आएकोमा धन्यवाद व्यक्त गर्दै राप्रपा बोल्न आउँदा भागेको हो कि भन्ने आफूलाई लागेको पनि बताउनु भयो । त्यसपछि उहाँले बोल्दै पर्यटन, कृषिजस्ता क्षेत्रमा लगानी बढाएर मुलुकलाई रोजगारीको अवसर सृजना हुनेगरी बजेट ल्याउन आग्रह गर्नुभयो ।

सांसद लामाले भन्नुभयो, ‘यहाँ अर्थमन्त्रीज्यु देखिएन । बाहिर निस्कनु भयो । अर्थमन्त्री नहुँदाखेरी कसलाई सुनाउने ? अर्थमन्त्रीलाई बोलाउन पाए राम्रो हुन्थ्यो जस्तो लाग्छ । माननीय सदस्यहरु अर्थमन्त्रीले अर्को प्रतिनिधि राखेर खान खानालाई अहिले भर्खर निस्कनुभएको छ । उहाँ आउँदै हुनुहुन्छ । यसमा पनि अलिकति विभेद भएको जस्तो लाग्यो । जव राप्रपा आउँदाखेरी अर्थमन्त्री उठेर जानु भनेको यो विभेदकारी भएकाले म घोर आपत्ति जनाउनु चाहन्छु । अर्थमन्त्री चाहियो । माननीय सदस्यज्य्, बोल्दै जानुहोला । म समय दिन्छु । पर्खनुहोला । यहाँको कुरा उहाँले सुन्नु हुन्छ । १० मिनेटको समय छ । त्यति समय पनि आउनु भएका भने मैले सदस्यज्यूहरुलाई मात्रै सुनाउ ? अर्थमन्त्रीज्युलाई धन्यवाद । मलाई लागेको थियो, राप्रपा आउँदा अर्थमन्त्री भाग्नुभयो भनेर ?’

सांसद लामाले गरिव महिला उद्यमीहरुका लागि उचित तालिमसहितको बजेटको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?