कुमारीको नयाँ मुद्दती योजना

Read Time = 1 min

काठमाडौं । कुमारी बैंकले दुई गुणा, तीन गुणा, चार गुणा र १० गुणासम्मको प्रतिफल दिने विभिन्न निक्षेप मुद्दती योजना घोषणा गरेको छ । उक्त मुद्दती निक्षेप योजना दीर्घकालीन अवधिका लागि निक्षेप राखी आकर्षक प्रतिफल प्राप्त गर्न इच्छुक व्यक्ति तथा संघसंस्थातर्फ लक्षित रहेका छन् ।

योजनाअनुसार व्यक्ति तथा संघसंस्थाले तोकिएको अवधि समाप्तिपछि साँवा रकमको दुई गुणा, तीन गुणा, चार गुणा र १० गुणासम्मको प्रतिफल प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

व्यक्तिगत निक्षेपकर्ताले आफ्नो साँवा रकममा दुई गुणा, तीन गुणा, चार गुणा र १० गुणा प्रतिफल क्रमशः ५.९० वर्ष, १०.२१ वर्ष, १२.९४ वर्ष र २१.६३ वर्षको अवधिमा प्राप्त गर्नेछन् भने संस्थागत निक्षेपकर्ताले साँवा रकममा दुई गुणा, तीन गुणा, चार गुणा र १० गुणा प्रतिफल क्रमशः ७.२५ वर्ष, ११.७१ वर्ष, १४.९२ वर्ष र २५.४० वर्षको अवधिमा प्राप्त गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?