सत्ता पक्ष र प्रमुख प्रतिपक्षीबीच सहमति नभएपछि प्रतिनिधिसभाको बैठक स्थगित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच संसद सञ्चालनको विषयमा सहमति हुन नसकेपछि प्रतिनिधिसभाको  बैठक एक साताका लागि स्थगित भएको छ ।

आज बोलाइएको बैठक बस्दै नबसी साउन २२ गते सोमबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको सभामुखको सचिवालयले जनाएको छ।

आजको बैठकमा नेकपा एमालले अवरोध जनाउने बताएपछि सरकारको आग्रहमा सभामुख देवराज घिमिरेले सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएकाे हाे ।

सुन प्रकरणमा उच्च स्तरिय छानविन समिति गठन गर्न माग गर्दै एमालेले संसदमा अवरोध गर्दै आइरहेको थियो ।

आज एमालेले नियमावली बमोजिमको आकस्मिक समयमा अवरोध नगर्ने, गृहमन्त्रीको जवाफ आइसकेपछि प्रतिक्रिया जनाउने सहमति भएको थियो । तर, सत्तारुढ दलले सूचना टाँसेर स्थगित गरौँ भनेर सभामुखलाई आग्रह गरेपछि बैठक स्थगित भएको हो ।

एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठनको माग गरेको छ । तर सत्तारुढ गठबन्धनले उक्त समिति गठन गर्न अस्वीकार गर्दै आएको छ ।

सोमबार पनि एमालेले छानविन समिति बनाउनुपर्ने र गृहमन्त्रीकै संलग्नता भएको आरोप लगाउँदै राजीनामा दिनुपर्ने भन्दै सदन अवरोध गर्ने भएपछि बस्दै नबसी आजलाई सारिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?