काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्ल्स विजयी भएको छ । दिल्लीले लखनउ सुपर जायन्ट्सविरुद्ध १९ रनको जित निकालेको हो।
टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको दिल्लीले चार विकेट गुमाउँदै २०८ रन बनाएको थियो। दिल्लीका लागि अभिषेक पोरेल र ट्रिस्टन स्टब्सले अर्धशतक बनाए। अभिषेकले ३३ बलमा सर्वाधिक ५८ रन बनाउँदा स्टब्सले नटआउट ५७ रन बनाए । शाही होपले ३८ रन बनाउँदा कप्तान ऋषभ पन्तले ३३ रन जोडे।
लखनउका लागि नवीन उल हकले दुई विकेट हात पार्दा अरशद खान र रवि बिश्नोईले समान एकएक विकेट लिए। दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्याएको लखनउका लागि निकोलस पुरन र अरशद खानले अर्धशतक बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। पुरनले २७ बलमा ६ ६१ रन बनाए भने खानले ३३ बलमा नटआउट ५८ रन बनाए।
लखनउलाई सस्तैमा समेट्न दिल्लीका लागि इशान्त शर्माले तीन विकेट लिए । त्यस्तै खलील अहमद, अक्षर पट्टेल, मुकेश कुमार, कुलदीप यादव र ट्रिस्टन स्टब्सले समान एकएक विकेट लिए।
प्लेअफ दौडमा महत्त्वपूर्ण मानिएको खेलमा पराजित भएको लखनउले अब एक खेल खेल्न बाँकी छ भने दिल्लीले १४ वटा खेल खेलिसकेको छ। सात खेल गुमाएर सात खेलमै जित निकालेको दिल्ली १४ अंकसहित पाँचौं स्थानमा छ। लखनउ भने एक खेल बाँकी हुँदा १२ अंकसहित सातौं स्थानमा छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच