काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अहिले सिंहदरबारमा छलफल चलिरहेको छ ।
नयाँ बानेश्वरमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गरेलगत्तै अध्यष ओली प्रधानमन्त्रीलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जानुभएको हो ।
यसअघि आज बिहान प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछानेबीच छलफल भएको थियो। सदनको अवरोध हटाउने विषयमा छलफल गर्नको लागि प्रधानमन्त्रीले गृहमन्त्री लामिछानेसँग छलफल गर्नुभएको बुझिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेपनि मुछिएको भन्दै संसदीय छानबिन समितिको माग गरेको छ । रास्वपा सभापति समेत रहनुभएको उपप्रधान तथा गृहमन्त्री लामिछाने भने संसदमा आफूले सम्बोधन गर्न पाउनुपर्ने र त्यसपछि समितिबारे छलफल गर्न सकिने बताउँदै आउनु भएको छ ।
छानबिन समिति नबनेसम्म सदन चल्न नदिने कांग्रेसको अडान छ । प्रतिनिधिसभाको बैठक भोलि विहान ११ बजेको लागि बोलाईएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच