काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी-२० अलराउण्डर वरीयतातातर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले एक स्थान सुधार गर्नुभएको छ । आइसिसीले निकालेको नयाँ वरीयतामा दीपेन्द्रले एक स्थान सुधार गर्दै शीर्ष १० मा स्थान बनाउनुभएको हो । यसअघि उहाँ ११औँ स्थानमा हुनुहुन्थ्यो ।
अलराउण्डरतर्फ नेपालका कप्तान रोहित पौडेल एक स्थान घट्दै ६६औँ स्थानमा पुग्दा कुशल मल्ल ३३औँ र गुलशन झा ६१औँ स्थानमा यथावत् हुनुहुन्छ । करण केसी ७४औँ स्थानमा हुनुहुन्छ । ब्याटिङतर्फ दीपेन्द्र ५०औँ, रोहित ६१औँ र आसिफ शेख ८७औँ स्थानमा हुनुहुन्छ । बलिङतर्फ सोमपाल कामी ९२औँ स्थानमा हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच