लमजुङमा नयाँ नागरिकता बनाउने भन्दा प्रतिलिपि लिने धेरै

हिमालय टाइम्स
Read Time = 2 mins

लमजुङ । लमजुङमा नयाँ नागरिकता लिनेभन्दा नागरिकताको प्रतिलिपि लिने धेरै रहेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार आर्थिक वर्ष ०७९/०८० मा ६ हजार ४ सय ४५ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।

गत वर्ष नै वंशजको आधारमा नयाँ नागरिकता लिनेको संख्या ५ हजार ८ सय ७४ रहेको जिल्ला प्रशासन कार्यालय लमजुङका प्रशासकीय अधिकृत जगदिश मिश्रले बताउनुभयाे ।

अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा भने ४ हजार ५ सय ५४ जनाले नागरिकताको प्रतिलिपि लिएका थिए । सो वाहेक ७ हजार ५ सय ५८ जनाले बंशजको आधारमा नयाँ नागरिकता लिएको र चार जनालाई बैबाहिक अंगिकृत नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ ।

यसैगरी गत आर्थिक वर्ष ०७९/०८० मा तीन सय नाबालक परिचयपत्र वितरण गरिएको छ । ६० वटा नयाँ संस्था दर्ता भएका छन् । ०७८/७९ मा २ सय १६ नाबालक परिचयपत्र वितरण गरिएको थियो भने प्रशासनमा ८२ वटा सँस्था दर्ता भएको कार्यालयले जनाएको छ ।

यसै गरी राष्ट्रिय परिचय पत्रको लागि आवेदन दिनेको संख्या पनि उत्तिकै रहेको देखिन्छ । गत वर्ष नै २३ हजार ७ सय ५९ जनाले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरेको प्रशासकिय अधिकत मिश्रले जानकारी दिनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?