कोशी प्रदेशसभाको तेस्रो अधिवेशन अन्त्य

हिमालय टाइम्स
Read Time = 1 min

विराटनगर । कोशी प्रदेशसभाको चालु  तेस्रो अधिवेशन बिहीबारदेखि अन्त्य गरिएको छ । मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङ्गले प्रदेशसभाको चालु तेस्रो अधिवेशन अन्त्य गर्नुभएकाे हाे ।

बुधबार राति बसेको प्रदेश सरकारकोे मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुसमक्ष सिफाारिस गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्रदेश प्रमुख खापुङ्गले बुधबार मध्यराति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्नुभएकाे हाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?