सुन तस्करी प्रकरण- व्यापारी रोहन अडुकिया विमानस्थलबाट पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ । सुन तस्करी प्रकरणमा व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् ।

अडुकिया त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । उनी भारतबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ परेका हुन् ।

उनी नयाँ दिल्ली हुँदै इन्डियो विमानमार्फत काठमाडौं आएका थिए । उनी व्यापारी राजेश अकुडियाका छोरा हुन् ।

पक्राउ परेका उनलाई अध्यागमन विभागले राजश्व अनुसन्धान विभागमा बुझाइएको छ । योसँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ।

केही दिनअघि एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा राजश्व अनुसन्धान विभागले व्यापारी अडुकियाको घरमा छापा समेत मारेको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?