पाल्पा जिप दुर्घटना : एकै ठाउँका पाँच जनाको मृत्युु, शोकमा डुब्यो गाउँ

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 5 mins

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८ सत्यवती केवरेडाँडामा आइतबार साँझ जिप दुर्घटनामा परी एकै ठाउँका पाँच जनाको मृत्यु भएपछि गाउँ नै शोकाकुल बनेको छ । बालकसहित गाउँका होनहार व्यक्तिहरूको दुर्घटनामा मृत्यु भएपछि पाणिनी गाउँपालिकाको पोखराथोक र पणेनामा सन्नाटा छाएको पोखराथोकका वडा अध्यक्ष चन्द्रकान्त पौडेलले बताउनुुभयो । उहाँले भन्नुुभयो, ‘एकै ठाउँका पाँच जनाको दुुःखद निधनले पोखराथोकसँगै पणेना शोकमग्न भएको छ ।’

आइतबार साँझ रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेनातर्फ जाँदै गरेको लु १ च ९०२४ नम्वरको जिप केवरेडाँडामा दुर्घटना परेको थियो । दुर्घटनामा परी पाँच जनाको मृत्युु भएको छ भने १० जना घाइते भएका छन् । मृतक पाँच जना नै एकै ठाउँका वासिन्दा हुुन् । मृत्यु हुनेहरूमा पाणिनी गाउँपालिका-१ पणेनाकी ५५ बर्षीया बुुकुुन्ति (श्यामकला) परियार, वडा नंं २ पोखराथोकका २६ वर्षीय चालक रमेश विक, सोही स्थानकै २५ वर्षीया सीता गौतम, सोही ठाउँकै दुई वर्षीय संयोग गौतम र वडा नं १ का ४४ वर्षीय विजय (कृष्ण) पोखरेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताउनुुभयो । संयोग र विजयको उपचारका क्रममा मृत्युु भएको प्रहरीले जनाइएको छ ।

मृतक सीता गौतम शनिबार शिक्षक सेवा आयोगले लिएको प्राविको परीक्षा दिन बुटवल जानुुभएको थियो । बुटवलबाट दुुई छोरालाई सँगै लिएर घर फर्किने क्रममा उहाँ दुर्घटनामा परेको वडा अध्यक्ष पौडेलले बताउनुुभयो । दुर्घटनामा उहाँसँगै कान्छा छोरा दुई वर्षीय संयोग गौतमको मृत्युु भएको हो भने जेठा छोरा घाइते हुुनुुहुुन्छ । मृतक विजय पोखरेल वडा सदस्य हुुनुहुुन्छ । बुटवल गएर घर फर्कन जिप चढेका उहाँहरू कहिले नर्फकने गरी बिलाएपछि गाउँ नै शोकमग्न भएको वडा अध्यक्ष पौडेलले हिमालय टाइम्सलाई बताउनुुभयो । उहाँले भन्नुुभयो, ‘वडावासी गुमाउँदा निकै पीडा महसुस भएको छ ।’

दुर्घटनामा परी घाइते हुनेमा पाणीनी गाउँपालिका–१ पणेनाका ६६ वर्षीय रामबहादुर विक, सोही ठाउँकै पाँच वर्षीया पार्वती पोखरेल, सोही ठाउँका १० वर्षीय सोलिन परियार, वडा नंं २ पोखराथोकका ६ वर्षीय संयोग गौतम, गुल्मीको रुरु क्षेत्र गाउँपालिका बलेटक्सारका नौ वर्षीय सार्थक ज्ञवाली रहनुुभएको छ । उहाँहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल उपचार भइरहेको छ । यस्तै, अर्घाखाँची पाणेनी गाउँपालिका-१ पणेनीकाका ४० वर्षीय विजय हरी गौतमको बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको छ । यसैगरी, अर्घाखाँची छत्रदेव गाउँपालिका-४ धरम्पानीका सात वर्षीय समिर पाण्डे, सोही ठाउँकै १० वर्षीय अनुुप सोमरे, पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानकी ३४ वर्षीया लक्ष्मी पोखरेल, निजकी पाँच वर्षीया छोरी आर्या भण्डारी रहनुभएको छ । उहाँहरूको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जिप अत्याधिक लोड भएकाले साँघुरो बाटोमा लोड थाप्न नसकी व्याक भई दुर्घटना भएको हुन सक्ने बताइएको छ । जिप सडकबाट करिब ७० मिटर तल खसेकोे छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सालझण्डी-अर्घाखाँची ढोरपाटन सडकमा अत्याधिक मात्रामा निजी प्रयोजनका सवारी साधनले नियमित रूपमा यात्रु तथा मालसमान बोक्दै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?