राष्ट्रपतिसँग फ्रेडरिक एबर्ट स्टिफटुङका ग्लोबल प्रेसिडेन्टको भेट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग जर्मनीको फ्रेडरिक एबर्ट स्टिफटुङका ग्लोबल प्रेसिडेन्ट डा मार्टिन सुल्जले शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्रपति निवास शितल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल र जर्मनीबीच दौत्यसम्बन्ध स्थापना भएदेखि सुमधुर मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्नुभयो ।

उहाँले फ्रेडरिक एबर्ट स्टिफटुङले काठमाडौँस्थित आफ्नो कार्यालयबाट राजनीति, सुशासन, अर्थतन्त्र एवम् लोकतन्त्रको क्षेत्रमा सक्रियताका साथ उल्लेखनीय काम गर्दै आएकोमा खुसी समेत व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?