‘पिरतीको गीत’मा गौतम खाती र शिल्पा पोख्रेल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । गौतम खाती र शिल्पा पोखरेलको अभिनय रहेको पिरतीको गीत’को भिडियो सार्वजनिक भएको छ । अस्मिता अधिकारी एवं वीर कुमार दत्तको स्वर, अभिनाष थापाको शब्द, भीम बिसीको संगीत, विश्व अधिकारीले संगीत संयोजन र कुमार रानाको मिक्सिङ/मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

भिडियोमा एडभेन्चर स्टार एवं मोडल खाती र अभिनेत्री पोखरेलको रोमान्सलाई देखाइएको छ । प्रेमील भावको गीतमाको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गर्नुभएको हो । उत्सव दाहालको छायांकन रहेको भिडियोमा विष्णु खड्काको सम्पादन तथा कलरिङ छ ।

प्रोडक्शन म्यानेजर दिपेन गौतम (माइकल)को रहेको छ । निरा खाती इन्टरटेनमेन्टले तयार पारेको भिडियोलाई ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?