-डम्मर बुढा मगर
बागलुङ । बागलुङमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राममा भिरबाट लडेर स्थानीय ५५ वर्षीय जग बहादुर किसानको मृत्यु भएको हो ।
घर नजिकैको भीरबाट लडेर किसानको मृत्यु भएको प्रहरीको भनाई छ । आइतबारदेखि सम्र्पकविहीन भएका किसानको खोज्ने क्रममा सोमबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।
मादक पदार्थ सेवन गरेर भिरको बाटो हिड्ने क्रममा लडेर मृत्यु भएको रानाको भनाइ छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल