दोलखा । जिरी नगरपालिकाको मुटुमा रहेको भब्य सपिङ कम्लेक्स निर्माण सम्पन्न भएको लामो समय भइसक्यो । नगरपालिकाले भवन भडामा लगाउन दुई पटक टेन्डर गरिसक्यो । तर भाडामा लिन कसैले टेन्डर भरेनन् ।
दुई पटकसम्म भवन भाडामा लिन टेन्डर नपरेपछि नगरपालिका तेस्रो पटक फरक मोडलमा पूनः टेन्डर गर्ने सोचमा रहेको जिरी नगरपालिकाका मेयर मित्र बहादुर जिरेलले बताउनु भयो ।
“पहिलेको जिरीको चहलपहल देखेर होला ऋण लिएर तेत्रो कम्प्लेक्सको निर्माण भयो ।” जिरेलले भन्नुभयो,“ दुई पटक टेन्डर गरियो, टेन्डर परेन अब भाडाको मोडल परिवर्तन गरी फ्ल्याट सिस्टमले भाडा निर्धारण गरी टेन्डर गर्ने सोचमा छौं ।” यसबारेमा नगर विकाससँग छलफल भइरहेको मेयर जिरेलको भनाई रहेको छ ।
गत आबमा जिरी नगरको कुल आन्तरिक आय ८२ लाख रहेकोमा नगरविकास समिति कोषको ऋण सहयोगमा निर्माण भएको सो ब्यावसायीक भवनको किस्ता बापत नगरले ५७ लाख १८ हजार ९७१ रुपैयाँ भुक्तानी गरेको जिरी नगरपालिकाको तथ्याङ्क छ । आन्तरिक आयको ठूलो हिस्सा किस्ता तिर्नमा खर्च भएको छ अझै भवन भाडा लाग्छ लाग्दैन एकिन छैन ।
कुल ६ करोड ७३ लाख३७ हजार ८९५ रुपैयाँमा (भ्याट बाहेक ) ठेक्का बाट निर्माण गरिएको ब्यावसायिक भवनको निर्माण भ्याली-जेजे- विएमके जेभीले गरेको थियो । २०८० असारमा निर्माण सम्पन्न यो भवन निर्माणमा नगरपालिकाको ३० प्रतिशत लगानी तथा नगरविकास कोषको ७० प्रतिशत ऋण लगानी छ । विस वर्षमा किस्ता बन्दी रुपमा नगरपालिकाले तिनु पर्ने सम्झौता रहेको यो ऋणको ब्याज साँढे आठ प्रतिशत छ ।
भवन भाडामा नलाग्दा आन्तरिक आय जति ऋण तिर्दै ठिक्क हुने अवस्था आउँदा अहिले यो भवन भाडामा नलाग्दा नगरको टाउको दुखाईको विषय बनेको छ । ऋण लिएर स्थानीय सरकारले काम गर्दा वास्तविक अवाश्यकता र भविष्यको अवस्था विष्लेषण गरेर मात्र काम गर्नु पर्ने जिरीका स्थानीय वासिन्दाहरुको सुझाव रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच