बैंकक । आगामी जुन-जुलाईमा हुने युरोकप २०२४ मा सहभागी टिमले २६ खेलाडी राख्न पाउने भएका छन् । दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कन्मेबोलको प्रतियोगिता र सञ्चालन निर्देशिकाले उक्त निर्णय गरेको हो ।
थाइल्याण्डको बैंककमा बसेको कन्मेबोलको बैठकले उक्त निर्णयलाई स्वीकृत गरेको हो । यसअघि एक टिममा २३ खेलाडीमात्र राख्न पाइने नियम थियो । सहभागी टिमले बढीमा २६ खेलाडीसहित कुल ५० जनाको डेलेगेट्सको नाम दर्ता गराउन सक्ने कन्मेबोलले जनाएको छ ।
कोपा अमेरिका जुन २० देखि जुलाई १४ सम्म अमेरिकाका विभिन्न १४ शहरमा आयोजना हुँदैछ । जहाँ दक्षिण अमेरिकाबाट १० र उत्तर तथा मध्य अमेरिकाबाट ६ गरी १६ टोली सहभागी हुँदैछन् । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच