![‘आखुम आखुम’ सार्वजनिक](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Aakhum-Aakhum.jpg)
काठमाडौं । अभिनेत्री अञ्जना बराइली चलचित्र ‘पुजार सार्की’ मा मैयाँ पात्रका भूमिकामा हुनुहुन्छ । चलचित्रमा अञ्जनाको जोडीको रूपमा अभिनेता आर्यन सिग्देल हुनुहुन्छ । आर्यन उहाँको सानैदेखिको ‘क्रस’ हुनुहुन्छ । आफ्नै ‘क्रस’सँग अनस्क्रिनमा जोडिन पाउँदा आफूलाई केही डर लागेको उहाँ सुनाउनुहुन्छ । ‘मैले धेरै चलचित्रमा काम गरेको छैन । त्यसमाथि यो फरक विधाको मजबुत विषय भइसकेपछि आफ्नो चरित्रलाई अझ मजबुत कसरी बनाउने भन्ने डर हुन्छ । अझ मेरो जोडी मभन्दा अग्रज हुनुहुन्छ । आर्यन दाइले ‘तिमीलाई मसँग अभिनय गर्दा गाह्रो भइरहेको छ भने भन्नु’ भन्दा मलाई थप ऊर्जा प्राप्त हुन्थ्यो । मैले धेरै पटक रिटेक खाँदा पनि उहाँ कहिल्यै रिसाउनुभएन । ‘यस्तै हुन्छ’ भनेर ढाडस दिनुहुन्थ्यो । सिनियर स्टार यति सरल हुन्छन् होला भन्ने कल्पना समेत थिएन’, उहाँ सुनाउनुहुन्छ ।
अञ्जनाले ‘पुजार सार्की’मा स्थानीय सार्कीकी छोरीको भूमिका निभाउनुभएको छ । उहाँ समाजले ठूलो जात भन्ने गरेको अर्थात् ब्राहृमणको छोरासँग प्रेममा पर्नुभउको हुन्छ तर, समाजले भने सम्बन्ध स्वीकार गर्न गाह्रो मान्छ । ‘त्यो सम्बन्धलाई दिगो सम्बन्धमा परिणत गर्ने बेलासम्म के कति बाधा अड्चनहरू आउँछन् र के कति संघर्ष गर्नुपर्छ भन्ने कुरा मेरो चरित्रले देखाउँछ । म समाजबाट दबिएको पीडित, त्यसमाथि पूजारसँगको सम्बन्धका कारण समाजले बहिष्कार गरेपछि झन् पीडित चरित्रमा छु । सानो जात हुँदाहुँदै पनि प्रेम सम्बन्धले झन् बढी दबिएको र छोरी मान्छे भइसके पछि के कति कुरा फेस गर्नुपर्छ भन्ने कुरा मेरो चरित्रले देखाउँछ’, आफ्नो चरित्रबारे अञ्जना भन्नुहुन्छ ।
अञ्जनालाई वर्कसपको बेला स्क्रिप्ट पढेदेखि नै आफ्नो चरित्र किन यसरी दबिएको भन्ने चिन्ता परेको थियो । त्यही भएर उहाँले लेखक विकास सुवेदीलाई बारम्बार यही प्रश्न गरिरहनुहुन्थ्यो । चलचित्रको चरित्रभन्दा पनि अञ्जना भएर हेर्दा उहाँलाई ‘मलाई किन यस्तो भूमिका दिइयो ?’ भन्ने मनमा लाग्थ्यो ।
‘त्यो पात्रले बोल्नुपर्ने ठाउँमा बोल्दैन । अति भइसकेपछि जो पनि बोल्छ नि त । म विकास लेखकलाई भनिरहन्थेँ । ‘यस्तो किन यहाँ भयो, यति हुँदा त जो पनि बोल्छ नि त । धेरै पोल्यो भने आत्था त भन्ला नि त’ भनेर सोधिरहन्थेँ । त्यही भएर पनि मेरो पात्रले सम्बन्ध निभाउनका लागि आफूभन्दा ठूलो जात भनिएको मान्छेसँग गरेको संघर्ष एकदमै गाह्रो थियो । मैले बुझ्दा र त्यो पात्र अनुभव गरिरहँदा मलाई निकै गाह्रो भएको थियो’, अञ्जनाले सुनाउनुभयो ।
अञ्जनाले यो चलचित्रमा काम गर्नुभन्दा अघि जातीय विभेदका घटनाबारे नसुनेकी भने होइनन् । तर, किन यस्ता घटना हुन्छन् भन्ने कुरा स्क्रिप्ट पढेपछि र वर्कसपमा बसेपछि मात्र थाहा पाउनुभयो । ‘स्क्रिप्ट पढ्दै जाँदा र स्क्रिप्ट अनुसार दृश्य बनाइरहँदा यहाँ पुगेर यतिको हिंसा हुने रहेछ भन्ने थाहा पाएँ । स्क्रिप्टले यो सबै सहजै बुझाउँथ्यो । स्क्रिप्ट पढिसक्दा यहाँ हिंसाको अवस्था यसरी हुँदो रहेछ भन्ने थाहा भयो’, उहाँले भन्नुभयो ।
‘पुजार सार्की’को आफ्नो भूमिकालाई दर्शकले माया गर्नेमा अञ्जना ढुक्क हुनुहन्छ । ‘अवसर पायो भने काम गरेर देखाउँछिन् भन्ने कुरालाई मैले ‘पुजार सार्की’मा प्रमाणित गरेकी छु’, उहाँ भन्नुहुन्छ । यही बिहीबारदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘पुजार सार्की’मा प्रदीप खड्का, पल शाह, परीक्षा लिम्बुलगायतको प्रमुख अभिनय छ । सुवास भुसालले यो चलचित्र निर्माण गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच