![सूचनाको हकमा महिला सशक्तीकरणसम्बन्धी अन्तरक्रिया](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/mahila-antarkriya.jpg)
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदको अवेहलनामा कारवाहीको माग गर्दै नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरूङले सभामुखसमक्ष निवेदन दिनुभएको छ ।
सदनमा गृहमन्त्री लामिछानेले तथ्यहीन, आधारहीन कुरा गरी नेपाली कांग्रेसका सांसदहरूमाथि मानमर्दन गर्न खोजेको, नभएको कुरा बढाईचढाई गरेर भ्रममा पार्न खोजेको, अदालतले गरेको फैसलामाथि धावा बोलेको भन्दै उपसभापति गुरुङले सभामुखसमक्ष निवेदन दिनुभएको हो ।
गृहमन्त्रीको आइतबारका अभिव्यक्ति प्रतिनिधिसभा नियमावली विपरीत भएको भन्दै संसदको अवेहलनामा कारवाही गर्नुपर्ने गुरूङको माग छ ।
'.... अदालतवाट सफाई पाईसकेका रातो कुटनितिक पासपोर्टको विषयलाई तोडमोड गरि प्रस्तुत गरि आम नागरिक विच भ्रम श्रृजना गर्न खोजेको, आफुलाई अदालत भन्दा माथि राखी अभिव्यक्ति दिएको गुरुङकाे आराेप छ ।
'प्रतिनिधि सभा नियमावलीको नियम २१९ मा सभाका सदस्यले पालना गर्नुपर्ने आचरण पनि गृहमन्त्रीले पालना नगरेकोले सो तर्फ समेत विचार गरि गृहमन्त्रीलाई संसदको अवहेलनामा कारवाहि गर्न गम्भिर रुपले माग गर्दछु ।' उहाँले भन्नुभएको छ ।
सहकारी प्रकरणमा लामिछानेमाथि अनुसन्धान गर्नका लागि संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित कांग्रेसले संसद अवरोध गरिरहेको थियो ।
आइतबार लामिछानेले संसदमा बोल्ने क्रममा गृहमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसले सार्वजनिक रूपमै आपत्ति जनाएको थियो ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले पत्रपत्रिकामा आएकै भरमा कसैमाथि संसदीय छानविन समिति बनाउने हो भने यस अघि पत्रिकामा आएका समाचारको दृष्टान्त प्रस्तुत गर्नुभएको थियो । त्यसमा उहाँले विशेषगरी कांग्रेस सांसदलाई लक्षित गर्दै केही उदाहरण प्रस्तुत गर्नुभएको थियो ।
विभिन्न सञ्चारमाध्यम र जनमानसमा गृहमन्त्री लामिछानेले संसदको अपहेलना गरिरहेको चर्चा चलिरहेका बेला उहाँले आज सामाजिक सञ्जालमार्फत त्यसको स्पष्टीकरण समेत दिनुभएको छ ।
उहाँले आफुले कसैलाई कुनै आरोप नलगाए बताउँदै मिडियामा आएकै आधारमा समिति बनाउने र अझ ब्यक्ति केन्द्रित समिति बनाउने हो भने त यी यस्ता यस्ता समाचारपनि त आएका छन् नी भनेर केही समाचारहरु सदनमा पढी वाची सुनाएको मात्र हो भन्नुभएको छ ।
मैले के भनें भनेर पनि फेरि भन्नू पर्ने कस्तो आश्चर्य:
शैली त मेरो त्यस्तै उस्तै हो। भनेको चाहिँ के भने,
१) मैले कसैलाई कुनै आरोप लगाएको छैन। मिडियामा आएकै आधारमा समिति बनाउने र अझ ब्यक्ति केन्द्रित समिति बनाउने हो भने त यी यस्ता यस्ता समाचारपनि त आएका छन् नी भनेर केही…
— Rabi Lamichhane (@hamrorabi) May 20, 2024
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच