
काठमाडौं । रेडियन्ट पब्लिक २९औँ ज्ञान कार्निभलअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सको सेमिफाइनलमा प्रवेश गरेको छ । रेडियन्टले एलआरआईलाई १८-७ ले पराजित गर्यो । रेडियन्टकी दिब्यान्शा कार्कीले १६ अंक जोड्नुभयो । सोही स्पर्धामा त्रियोगले ग्रेस एकेडेमीलाई ९-० तथा रातो बंगलाले ज्ञानोदयलाई २३-१३ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । त्रियोगकी आस्ना हड्कलाले चार तथा रातो बंगलाकी अन्शु उरावले १० स्कोर गर्नुभयो ।
ब्वाइजमा ज्ञानोदयले रेडियन्ट रिडर्सलाई ५६-४० तथा रातो बंगलाले भिएस निकेतनलाई ४४-२२ ले पाखा लगाउँदै क्वाटरफाइनलमा स्थान बनाए । ज्ञानोदयका दीपेश शाहीले तथा रातो बंगलाका जैविस आचार्यले समान १७-१७ अंक जोड्नुभयो ।
यस्तै, कान्तिपुर भ्याली पिङपोङ क्लब स्ट्याग ग्लोबल टेबलटेनिस लिग च्याम्पियनसिपको शीर्ष स्थानमा उक्लिएको छ । स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा कान्तिपुरले ४४ अंक जोडेको छ । आयोजक स्ट्याग ४३ तथा नेपाल प्रहरी क्लब ४१ अंकसाथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
नेपाल एपिएफ क्लबले ३१, गोड स्पिन टेबलटेनिस एकेडेमीले २९, एभिएम टेबलटेनिस क्लबले २६, नेपाल आर्मी क्लबले २१, ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लबले १० र नगाउँ स्पोर्ट्स क्लबले आठ अंक जोडेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच