बैतडीमा जीप दुर्घटना हुँदा तीन जना घाइते

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 1 min

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । गोकुलेश्वरबाट बैतडी तर्फ जादै गरेको से १ ज ९२७ जीप दशरथचन्द राजमार्गको देहीमाण्डौ घुसुल्ला भन्ने स्थानमा दुर्घटना हुँदा तीन जना  घाइत भएका छन् ।

घाइतेको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । जीपमा ९ जना सवार रहेकाे बुझिएको छ। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जीप सडकबाट ३ मिटर तल खसेको छ । जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएकाे छ । घटनाको थप विवरण आउन बाँकी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?