
नवलपुर । नवलपुर जिल्ला लिग फुटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । जिल्ला सदरमुकाम कावासोती–१२ राजमन्दिरको मैदानमा सुरु भएको प्रतियोगिता जेठ १८ गतेसम्म चल्नेछ । प्रतियोगितामा जिल्लाका १२ वटा क्लबले भाग लिएको जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुनले जानकारी दिनुभयो ।
नकआउट चरणमा हुने प्रतियोगिताको विजेताले नगद ८० हजार रुपैयाँ पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुनेले ५० हजार र दुई टिमलाई सान्त्वना पुरस्कारस्वरूप २०/२० हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष पुनले जानकारी दिनुभयो ।
त्यसैगरी उत्कृष्ट स्ट्राइकर, किपर र धेरै गोलकर्तालाई पनि पुरस्कारको व्यवस्था गरिएको उहाँको भनाइ छ । प्रतियोगिता सञ्चालनका लागि सात लाख रुपैयाँ एन्फाले सहयोग गर्ने, ६ लाख ५० हजार जिल्ला खेलकुद विकास समितिले प्रदान गर्ने र एक लाख २५ हजार सेन्ट्रल कलेज चितवनले सहयोग गर्ने अध्यक्ष पुनले जानकारी दिनुभयो ।
हरेक टिमलाई दर्ताका लागि तीन हजार रुपैयाँ तोकिएको छ । टिम दर्ता हुनका लागि क्लबको दर्ता प्रमाणपत्र, अडिट रिपोर्ट, प्यान नम्बर, बैंक खाता अनिवार्य गरिएको छ भने जिल्ला खेलकुद विकास समितिमा पनि अनिवार्य दर्ता भएको हुनुपर्नेछ । ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन खेलेका खेलाडीलाई समावेश गरिएको छैन ।
हरेक टिममा २५ जना खेलाडी दर्ता गर्न सकिने र पाँचजना १९ वर्षमुनिका हुनुपर्ने नियम अनिवार्य गरिएको आयोजकले जनाएको छ । टिममा अनुपस्थित भएमा २५ हजार जरिवानाको व्यवस्था गरिएको छ ।
नियमको पालना नगर्ने खेलाडीलाई २५ हजार जरिवाना र ६ महिनादेखि एक वर्षसम्म जिल्लामा खेल्न प्रतिबन्ध लगाइने अध्यक्ष पुनले बताउनुभयो । विजेता टिमलाई प्रदेशमा खेल्नका लागि सिफारिस गरिने उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच