![इंग्ल्यान्डलाई हराउँदै भारत १० वर्षपछि विश्वकपको फाइनलमा प्रवेश](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/india-cricket-team.jpg)
काठमाडौं । दोहोरो नागरिकतासम्बन्धी कसुरमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार अपराह्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले सिरोहियालाई पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई पक्राउ गरेको हो ।
सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिनुभएको थियो । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।
धनुषा जिल्ला अदालतले सिरोहियालाई पक्राउ गर्न आज बिहान प्रहरीलाई अनुमति दिएको थियो ।
अध्यक्ष सिरोहियाले भने सहकारीको वचत रकम हिनामिनाका विषयमा निरन्तर रिपोर्टिङ गरेकाले गृहमन्त्री रवि लामिछानेले प्रतिशोधपूर्ण व्यवहार गरेको प्रतिक्रिया दिँदै आउनु भएको छ ।
पक्राउ पर्नु अघि सिरोहियाद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ 'सरकार, राज्यका हरेक जिम्मेवार निकाय, राजनीतिक दल, नागरिक समाज र समस्त सचेत नेपालीले विवेक प्रयोग गर्नुपर्छ भन्ने मेरो मान्यता छ । राज्य शक्ति र स्रोतको दुरुपयोग गर्नेमाथि कान्तिपुरको खबरदारी जस्तोसुकै प्रतिकूलताबीच पनि निरन्तर छ । कान्तिपुरको पहिचान र विरासत यही हो ।'
आजै केहीबेर अघि भिडियो सन्देश जारी गदै उहाँले भन्नुभएको छ ‘गृहमन्त्रीले ममाथि प्रतिशोध साँध्न खोज्नुभएको छ । म यो टिभीबाट के भन्न चाहन्छु भने मलाई लगियोस, थुनियोस वा जेसुकै गरियोस, कान्तिपुर मिडिया ग्रुप आफ्नो कर्तव्यबाट अलिकतिपनि तलमाथि हुँदैन । अझै सशक्त ढंगले अघि जान्छ । कान्तिपुर मिडियामाथि विगतमा पनि पटक पटक प्रहार भएकै थियो । तर, हामी कहिल्यैपनि विचलित भएका थिएनौं, हुने छैन ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच