‘नेपाल ब्लकचेन कन्क्लेभ’ आयोजना हुने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा आगामी भदौ ३१ गते ‘नेपाल ब्लकचेन कन्क्लेभ’ हुने भएको छ । ब्लकचेन प्रविधिबारे सचेतना, प्रोत्साहन तथा प्रवद्र्धन गर्न सरोकारवालाबीच बृहत् अन्तरक्रिया एवं सहकार्य गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको कन्क्लेभ हुन लागेको क्यानले जनाएको छ । कन्क्लेभको सह-आयोजकमा ब्लकचेन टेक्नोलोजीमा आठ वर्षदेखि कार्यरत क्लक बी बिजनेस टेक्नोलोजी रहेको छ भने कम्युनिटी पार्टनरमा ब्लकचेन कम्युनिटी नेपाल रहेको छ ।

कन्क्लेभले ब्लकचेन टेक्नोलोजीका एप्लिकेसनबारे जागरुकता बढाउने, विशेषज्ञबीच ज्ञान आदानप्रदानको अवसर प्रदान गर्ने, चुनौती र अपनाउनुपर्ने अवसर सम्बोधन गर्ने, विभिन्न क्षेत्रमा ब्लकचेन टेक्नोलोजीका सम्भावना पत्ता लगाउने र सरोकारवालाबीचको समन्वय अघि बढाउने लक्ष्य लिएको क्यान महासंघका अध्यक्ष रञ्जित पोदारले बताउनुभएको छ । एकै छानामुनि सरोकारवालाबीच हुने छलफल तथा ज्ञान आदानप्रदान कार्यले नेपालमा ब्लकचेन प्रविधि र यसको विस्तारमा सघाउ पुग्ने कन्क्लेभको सह-आयोजक क्लब बी बिजनेस टेक्नोलोजीका बिजनेस टेक्नोलोजी प्रमुख युवराज आचार्यले बताउनुभएको छ ।

कन्क्लेभले ब्लकचेन टेक्नोलोजी क्षेत्रमा रहेका असमझदारी हटाई व्यावसायिक रूपमा यस क्षेत्रको विकास र विस्तार गर्ने, जनशक्तिलाई प्रोत्साहन गर्ने, ब्लकचेनमा आधारित समाधान तथा अवसर पहिचान गर्ने र उद्योगमैत्री नीति तर्जुमा गर्न राज्यलाई सघाउने अपेक्षा लिएको क्यान महासंघका महासचिव तथा कन्क्लेभ संयोजक चिरञ्जीवी अधिकारीले बताउनुभएको छ । कन्क्लेभमा सहभागी हुन भदौ ७ गतेदेखि अनलाइन रजिष्ट्रेसन खुलाइने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?