सबै पालिकाहरुले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न आवश्यक छ : श्रममन्त्री अर्याल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले काठमाडौं महानगरपालिकाले आयोजना गरेको सीप मेलाको अवलोकन गर्नुभएको छ ।

काठमाडौं महानगरपालिकाले गत वैशाख १९ गते बुधवारदेखि टुँडिखेल जारी रहेको सीप मेलाको बुधवार श्रममन्त्री अर्यालले अवलोकन गर्नुभएको हो । उहाँले सीप मेलाको अवलोकनपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री अर्यालले ७५३ स्थानीय तहहरुले आवश्यकता अनुसारका मेलाहरु आयोजना गर्नुपर्ने बताउनु भयो ।

उहाँले ७५३ स्थानीय तहहरुले स्थानीय स्तरमा रोजगारी सिर्जना गरी रोजगारीको वातारण बनाउँदै विदेश जाने लहरलाई रोक्ने प्रयास गर्न आवश्यक रहेको बताउनु भयो । काठमाडौं महानगरपालिकाले गरेको प्रयास प्रशंसायोग्य रहेको बताउनु भयो । मन्त्री अर्यालले मेयर बोलेन्द्र साहको चर्चा सीप मेलाले गर्दा मात्रै नभएको भन्दै निर्वाचन जितेर आएसँगै चर्चा भइरहेको बताउनु भयो ।

उहाँले महानगरले नयाँ कामहरु गर्न खोजिरहेको र सबै स्थानीय तहले स्वदेशमा रोजगारी सिर्जना गर्ने विभिन्न कार्यक्रमहरु आयोजना गर्नुपर्ने बताउनु भयो । उहाँले मन्त्रालयले सातै प्रदेशमा गर्न लागेको श्रमाधान मेला महानगरले गरेको सीपमेला भन्दा फरक मेला भएको बताउनु भयो । मन्त्री अर्यालले मन्त्रालयले नेपालमा कति रोजगारदाता कम्पनीहरु छ र कति रोजगारीको खोजिमामा रहेका छन् भनेर श्रमिक र रोजगारदातालाई जोड्ने पुलको काम गर्न लागेको बताउनु भयो ।

उहाँले संघीयतामा सरकारले गर्ने हरेक कामहरु प्रदेशसहित स्थानीय तहहरुमा पुग्न आवश्यक रहेको बताउनु भयो । उहाँले महानगरले सीप सिकाएका श्रमिकहरुलाई श्रमाधान मेलामा रोजगारीको अवसर दिने वातावरण बन्नसक्ने पनि बताउनु भयो । महानगरले २०८१ सालमा २ हजार ८१ जनालाई रोजगारी दिने उद्देश्यले सीप मेला गरिरहेको छ । मेलाको उद्देश्य शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने गरी सीप नहुनेलाई सीपयुक्त बनाउने योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?