राष्ट्र बैंकको निर्देशन नमान्ने नौ बैंक कारबाहीमा

Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न नौवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले जारी गरेका नीति निर्देशन पालना नगरेको भन्दै नौवटा वाणिज्य बैंकलाई कारबाहीस्वरूप १५ करोड रुपैयाँभन्दा बढी जरिवाना गरेको हो । तीन वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले कर्जा परिचालन गर्दा बदनियत गरेकोदेखि सिडी रेसियो कायम नगरेकाले केन्द्रीय बैंकले कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा साबिकको नेपाल क्रेडिट एण्ड कमर्स बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, साबिकको सेञ्चुरी कमर्सियल बैंक (हाल प्रभु बैंक), नेपाल बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र हिमालयन बैंक रहेका छन् । राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंकलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशन उल्लंघन गरेको भन्दै १० लाख रुपैयाँ जरिवाना तिराएको छ भने कर्जा तथा स्रोत परिचालन अनुपात कायम नगरेको भन्दै राष्ट्र बैंकले साबिकको सेञ्चुरी बैंकलाई दुई करोड ८४ लाख सात सय ३२ रुपैयाँ, नेपाल बैंकलाई १८ लाख ५९ हजार सात सय ५२ रुपैयाँ, नबिल बैंकलाई छ करोड ४६ लाख ४५ हजार ३२ रुपैयाँ, ग्लोबल आइएमई बैंकलाई चार करोड ४२ लाख ४६ हजार आठ सय ३१ रुपैयाँ, कृषि विकास बैंकलाई ६९ लाख ५८ हजार आठ सय ३१ रुपैयाँ र हिमालयन बैंकलाई ७१ लाख ७२ हजार नौ सय ५९ रुपैयाँ जरिवाना गरेको छ ।

साबिकको एनसिसी बैंकले सहुलियतपूर्ण कर्जासम्बन्धी एकीकृत कार्यविधि २०७५ को २६ (क) विपरीत एकै समूहलाई एकभन्दा बढी सहुलियतपूर्ण कर्जा प्रवाह गरेको, कर्जाहरूमा पर्याप्त कर्जा नोक्सानी व्यवस्था नगरेको र निर्देशनविपरीत हुने गरी प्रिमियम दरमा परिवर्तन गरेकाले तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई आफ्नो अख्तियारीभन्दा बाहिर गई कर्जा स्वीकृत गरेको भन्दै सचेत गराएको छ ।

त्यस्तै, सहुलियतपूर्ण कर्जाको औचित्य पुष्टि नहुने गरी कर्जा प्रवाह गरेको, कतिपय मुद्दती निक्षेपमा प्रकाशित ब्याजदरभन्दा बढी ब्याज प्रदान गरेको, कर्जामा पर्याप्त कर्जा नोक्सानी व्यवस्था एवं जोखिम भार प्रदान नगरेको भन्दै साबिक कुमारी बैंकका सिइओलाई सचेत गराएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?