काठमाडौं । केपी ओली कपको दोस्रो संस्करण सुरू भएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरू प्रतियोगिताको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन समारोहमा ‘हाइटेक’ प्रविधिको प्रयोग गरिएको थियो ।
प्रमुख अतिथि भण्डारीले प्रविधिको प्रयोग गर्दै मोबाइलमार्फत् पानसमा बत्ति बाल्नुभएको थियो । त्यस्तै ‘केपी ओली कप’ व्यानर अंकित ड्रोन पनि उडाइएको थियो ।
पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ७३औं जन्मदिनको अवसर पारेर खेल आजबाट सुरु भएको हो । उद्घाटन समारोहमा श्रीमति राधिका शाक्यसहित पूर्वप्रधानमन्त्री ओली, एमालेका नेता कार्यकर्ता, भ्रातृ संगठनका पदाधिकारी तथा खेलप्रेमीहरूको उपस्थिति थियो ।
प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लव, न्युरोड टिम एनआरटी, थ्री स्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी र मच्छिन्द्रसहित सात टीम सहभागी हुने आयोजकले जनाएको छ ।
आज पहिलो खेल केपी ओली फुटबल क्लव र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।
आयोजकका अनुसार दुई विदेशी टिम भारतको दिल्ली एफसी, पश्चिम बंगाल क्लव र आयोजक गरी कुल १० टीम यस प्रतियोगिता समावेश हुने छन् ।
राष्ट्रिय युवा संघको आयोजनामा सुरू प्रतियोगिताको फाइनल खेल फागुन १९ गते हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई रु ११ लाख, द्वितीय हुनेलाई रु पाँच लाख नगद, ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु एक लाख तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट उदीयमान खेलाडीलाई जनही रु ५० हजार र प्लेयर अफ द म्याचलाई रु १५ हजार प्रदान गरिने छ ।
गत वर्षको संस्करणमा एन्फाद्वारा सूचीकृत नेपालका आठवटा ‘ए डिभिजन’ टिममा स्वदेश तथा विदेशमा खेलाडीको सहभागिता थियो । प्रतियोगितामा मछिन्द्र फुटबल क्लब विजेता र सातदोबाटो क्लब उपविजेता भएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच