काठमाडौं । अमेरिकन राजदूतावासले राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भिसा अस्वीकार गरेको विषयमा युवा तथा खेलकुद मन्त्रालयले पहल सुरू गरेको छ।
खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले लामिछानेलाई विश्वकप खेल्न पठाउन पहल गरिरहनुभएको छ ।
बिहीबार युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ र नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्कासँगको कुराकानी पश्चात युवा तथा खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई सन्दीपको भिसा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाएको छ ।
यसअघि नै सन्दीपलाई विश्वकप खेल्न आईसीसीले दिएको अनुमतिसहितको पत्र क्यानले खेलकुद परिषदमा पठाइसकेको छ ।
यता, खेलकुदमन्त्री श्रेष्ठले सन्दीपको भिसाको लागि मन्त्रालयबाट गर्नुपर्ने सबै पहल गरेको बताउनु भयो। उहाँले अझै पनि सबै किसिमको सहयोगलाई जारी राख्ने बताउनु भयो ।
लामिछानेले आफूलाई टी–ट्वान्टी विश्वकप खेल्न जाने भिसा अमेरिकाले नदिएको बुधबार जानकारी दिएका थिए ।
सन्दीपलाई अन्तर्वार्तामा बोलाएर अमेरिकी दूतावासले भिसा अस्वीकार गरेको थियो। भिसा नदिइनुको स्पष्ट कारण खुलाइएको छैन । अमेरिकी दूतावासले सो कुरा स्वीकार गर्दै भिजा प्रक्रिया गोप्य हुने भन्दै थप जानकारी दिन अस्वीकार गरेको छ ।
टी–२० विश्वकप क्रिकेट अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ तारिखदेखि हुँदै छ।
विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। यो समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन्। नेपालले जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ।
जुन ११ मा श्रीलङ्का, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ तारिख बङ्गलादेशसँग खेल्ने तालिका छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच