![विद्यार्थी केन्द्रित अनुसन्धान मुलक कार्यशाला सम्पन्न](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/student-gosti.jpg)
लण्डन । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले आफ्नो म्यानेजर तथा प्रशिक्षक नियुक्तिका लागि तीनजनाको ‘सर्टलिष्ट’ तयार पारेको छ । सिजन अन्त्यसँगै अर्जेन्टिनी प्रशिक्षक मौरिसिओ पोचेटिन्होले क्लब छाड्ने निर्णय लिनुभएको थियो । सिजन २०२३-०२४ मा चेल्सीले कमजोर प्रदर्शन गरेको थियो । ३८ खेलमा ६३ अंक जोडेको क्लब छैटौं स्थानमा रहृयो । टोलीले नयाँ सिजनमा च्याम्पियन्स लिग खेल्ने छैन ।
चेल्सीको सर्टलिष्टमा इपस्विच टावनका कियरान म्याककेन, लेष्टर सिटीका एन्जो मारेस्का र ब्रेन्टफोर्डका प्रशिक्षक थोमस फ्रांक रहनुभएको छ । ३८ वर्षीय म्याककेनले यसै सिजन इपस्विचलाई च्याम्पियनसिपमा बढुवा गराउनुभएको थियो । उहाँ ब्राइटनको प्रशिक्षकको सूचीमा पनि हुनुहुन्छ । ४४ वर्षका मारेस्का चेल्सीको नजरमा दोस्रो स्थानमा हुनुहुन्छ ।
उहाँको प्रशिक्षणमा लेस्टरले च्याम्पियनसिपको उपाधि उचाल्दै प्रिमियर लिगमा बढुवा भएको हो । डेनिस ५० वर्षका प्रशिक्षक फ्रांक पनि चेल्सीको नजरमा हुनुहुन्छ । उहाँलाई तेस्रो नम्बरमा राखिएको छ । चेल्सीले जुलाई ४ मा अमेरिका भ्रमण गर्नेछ । टोली त्यसअघि नै म्यानेजर टुंगाउने योजनामा छ । एजेन्सी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच