हेटौंडा । मकवानपुरमा बँदेलको आक्रमणबाट एक युवक घाइते भएका छन् । मनहरी गाउँपालिका ८ गुरुङटोलका २४ वर्षीय सौगात गुरुङ बँदेलको आक्रमणबाट घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार, शुक्रबार ११ बजेको समयमा गुरुङ घर नजिक रहेको सिम्पानी देवकोट सामुदायिक वनमा बाख्रा चराउन गएको समयमा बँदेलले आक्रमणमा परेका थिए। बँदेलको आक्रमणबाट गुरुङको खुट्टामा चोट लागेको छ ।
घाइते सौगातलाई आफन्तले उपचारको लागी मनकामना अस्पताल चितवन लगेको मकवानपुर प्रहरीले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच