हिताचीका नयाँ घरायसी उपकरण

Read Time = 3 mins

काठमाडौं । हिताची र युनिभर्सल इलेक्ट्रोकम प्रालिले विभिन्न घरायसी उपकरण नेपाली बजारमा ल्याएको छ । रमेश कर्पअन्तर्गतको युनिभर्सल इलेक्ट्रोकम प्रालि नेपालमा हिताची होम अप्लाइन्सेसको आधिकारिक वितरक हो ।

कार्यक्रममा एएचएसजीका प्रबन्धक निर्देशक चेन टेक बेङ, व्यापार विकास विभागका निर्यात व्यापारका महाप्रबन्धक तरुण जैन र व्यापार विकास विभागका निर्यात व्यवसायतर्फ वरिष्ठ प्रबन्धक एलविन थामको उपस्थिति रहेको थियो । हिताचीले विभिन्न चारवटा उत्पादन ल्याएको छ । हिताची माइक्रोवेभ ओभनका चार मोडल, हिताची फ्रन्ट लोड अटोमेटिक १२ केजी वासिङ मेसिन, हिताची फ्रेन्च बटम रेफ्रिजेरेटर र हिताची कर्डलेस स्टिक भ्याक्युम क्लिनर रहेका छन् । कम्पनीले ग्राहकको सन्तुष्टि नै आफ्नो उच्च प्राथमिकतामा रहेको जनाउँदै ग्राहकलाई अझ राम्रो बिक्री र बिक्रीपछिको सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवालले भन्नुभयो, ‘हामी नेपालका हाम्रा सबै ग्राहकका लागि गुणस्तरीय उत्पादन लाइन अप र बिक्रीपछिको सेवा सुनिश्चित गर्न कडाइसाथ काम गर्नेछौँ ।’ हिताचीका प्रबन्धक निर्देशक चेन टेक बेङले भन्नुभयो, ‘रमेश कर्पसँगको हाम्रो व्यापार साझेदारीले हिताची होम अप्लाइन्सलाई नेपालका कुना-कुनामा विस्तार गर्दै उत्कृष्ट सुविधा र प्रविधिसाथमा प्रत्येक घरलाई समृद्ध बनाउनेछ भनेर हामी दृढ विश्वास गर्छौँ ।’

कम्पनीका अनुसार हिताची फ्रन्ट लोड वासिङ मेसिनको फ्रन्ट लोडिङ वासर ड्रायर इन्भर्टर विन्ड आइरन, एआइ वास र अटो डोजिङ सिस्टम इन्भर्टरसहित १२ केजी धुलाइ क्षमता र आठ केजी सुकाउने क्षमता रहेको छ । हिताची माइक्रोवेभ ओभनले धेरै फरक उपकरणलाई एउटै मेसिनमा समावेश गरेको छ भने हिताची फ्रेन्च बटम रेफ्रिजेरेटर नवीनतम टेक्नोलोजीयुक्त रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?