काठमाडौं । सहकारीको रकम अपचलन सम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक आज पनि बस्दैछ ।
शुक्रवार बिहान सिंहदरबारमा बसेको कार्यादलको बैठक बिना निस्कर्ष सकिएको थियो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गदै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले बैठक सकारात्मक रुपमा अघि बढिरहेको र कार्यादेश बनाउने गरी बैठक उन्मुख भएको बताउनु भएको थियो ।
उहाँले नेपाली काँग्रेसबाट निरन्तर उठाउँदै आएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नै किटान गर्नुपर्ने कुराबाट काँग्रेस पछि हटेको र काँग्रेसले गृहमन्त्री संलग्न रहेको भनिएको र ऋण लिएको भनिएको विषयमा तोकेर कार्यादेश बनाउने कुरा अघि बढेको बताउनु भएको थियो ।
सत्ता र प्रतिपक्षी दलहरु बजेट प्रस्तुत गर्ने दिन नजिँकिदै गर्दा सदनको गतिरोध हटाउन सक्रिय भएका छन्।
भोलि नीति तथा कार्यक्रम पारित गर्ने र जेठ १५ गते बजेट प्रस्तुत गर्ने कार्यसूची प्रभावित हुन नदिने गरी गतिरोध अन्त्यको प्रयास भएको नेताहरूले बताएका छन्। सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा सरकार लचक भएको छ।
हिजो साँझ प्रमुख दलका शीर्षनेताहरूबीच भएको छलफल सकरात्मक भएपछि आज फेरि कार्यदलको बैठक बस्न लागेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हिजोको बैठकमा छलफल सकारात्मक भएको र आज बसेर टुंग्याउने प्रयास हुने कार्यदल सदस्य एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताउनु भएको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्रीको नामै उल्लेख नगरे पनि उनीसँग जोडिएर आएका सहकारीको छानविनलाई केन्द्रमा राखेर जाने विषयमा भाषा मिलाएर जान सकिने बताउनु भएको छ ।
छानबिन समिति गठन गर्नको लागि गठन गरिएको कार्यदलको संयोजक समेत रहनुभएका कानुन मन्त्री पदम गिरीले सहकारीको विषयमा कांग्रेसको माग अनुसार नै संसदीय छानविन समिति बनाउन तयार रहेको बताउनु भएको छ। गृहजिल्ला पर्वत पुगेर मन्त्री गिरीले कांग्रेसले सदन अवरोध गर्दै देशको राजनीति सहज ढंगले अगाडि बढ्न नसकेको आरोप लगाउनु भयो । पहिला नै यो व्यक्ति दोषी हो भनेर किटार गरेर सहमति गर्न भने नसकिने उहाँले बताउनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच