काठमाडौं । हङकङको क्याथे प्यासिफिक एयरवेजले नेपालका ट्राभल तथा हवाई कार्गो कम्पनीलाई सम्मान प्रदान गरेको छ । क्याथेले सन् २०२३ मा उसको व्यापारमा विशेष सहयोग पु¥याउने छ ट्राभल र पाँच कार्गो कम्पनीलाई सम्मान गरेको हो । बिहीबार राजधानीमा आयोजित कार्यक्रमबीच क्याथेले ओशो वल्र्ड ट्राभल नेपाल, सुमेघ टुर्स एण्ड ट्राभल्स, बोन ट्राभल एण्ड टुर्स, रूपाकोट इन्टरनेसनल ट्राभल र प्रवास ट्राभल एण्ड टुर्स तथा भारत हुँदै उत्कृष्ट आम्दानी गराउन सफल सेभेन स्टार इन्टरनेसनल ट्राभल एण्ड टुर्सलाई सम्मान गरेको थियो ।
त्यसैगरी कार्गो कम्पनी पायोनियर कार्गो, हिमालयन ट्राभल एण्ड टुर्स, सांग्रिला इन्टरनेसनल फ्रेट, लिजेन्ड कार्गो र मुक्तिनाथ डे कार्गो पनि सम्मानित भएका छन् । क्याथेको दक्षिण एसिया, मध्यपूर्व र अफ्रिकाका क्षेत्रीय महाप्रबन्धक राकेश राइकर, कस्टमर ट्राभलका क्षेत्रीय प्रमुख आनन्द येडेरी, कार्गो क्षेत्रीय प्रमुख राजेश मेनन, नेपाल प्रमुख जुनु मलेकु र क्याथेको नेपालस्थित जनरल सेल्स एजेन्ट (जिएसए) अमरावती ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत जुगेश श्रेष्ठले अवार्ड र प्रमाणपत्र प्रदान गरेका थिए ।
क्याथेका क्षेत्रीय महाप्रबन्धक राइकरले भन्नुभयो, ‘नेपालमा हाम्रो व्यापार विस्तारमा उल्लेख्य सहयोग गर्ने कम्पनीलाई सम्मान गर्न पाउँदा खुसी लागेको छ, यात्रु तथा कार्गो सेवा अझै उत्कृष्ट बनाउँदै लाने योजनामा तपाईंहरूको महत्वपूर्ण भूमिका हुन्छ ।’ क्याथे प्यासिफिकले हाल नेपालका लागि सातामा पाँच उडान गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच